पासवर्ड
~नीरा शर्मा~
साच्चिकै रङगिएका छन् आजकल मेरा दिनहरु, जैले देखि मैले अनुकल्पलाई भेटे उसको मायाले मलाई उ तिर खिच्दै लग्यो । उसको आकर्षक र बौद्धिक ब्यक्तित्वदेखि मोहित भएँ म । हुन सक्छ म मोहित मात्र नभइ उसको एउटा प्रशंसक पनि बन्न पुगेँ । थाहा छैन कहिलेदेखि थाहै नपाई मैले पनि उसलाई माया गर्न थालिसकेको रहेछु ।
केही महिनाअघि अनुकल्पलाई मैले एउटा जनचेतना मुलक कार्यक्रममा भेटेको थिए । उसले मलाइ मन परायो शायद र पहिले भेटमा नै ‘हामी राम्रो साथि बनौ’ भनेर प्रस्ताब राख्यो । उसको प्रस्ताबलाई मैले सिधै स्वीकारी दिएको थिए कारण अनुको ब्यक्तित्वले मलाई पहिलो नजरमा नै छोइसकेको थियो । हामीदुबै आ-आफ्ना बैबाहिक जीबनको हराभरा बगैचामा सुबासित भइरहँदा पनि अनु र मेरो मन भित्र अर्को प्रेमले पलुवा हाल्दै थियो । लाग्दथ्यो पर्दा पछाडि अर्को एक सुन्दर प्रेमिल संसारको श्रृष्टी भइरहेछ ।
कति मीठो, कति सुन्दर अनि कति ऊर्जाशील हो यो प्रेम । ‘जस्ले खायो उस्ले मात्र चाल पायो’ भने जस्तै प्रेमको मिठास प्रेम लिनेलाई र प्रेम दिनेलाई मात्र थाहा हुन्छ ।
म एउटा स्कुलमा स्थाई शिक्षिका भएर पढाइ रहेछु तर मेरो अनुकल्प अन्तराष्ट्रिय परियोजनामा सफलताका सिडिहरु फटाफट उक्लिदैछ ।
उसले मलाई पनि आफुसँगै अन्तर्राष्ट्रिय परियोजनामा काम गर्न आउन नभनेको होईन तर मेरो सोख ति अबोध शिशुहरुलाई ज्ञान बाड्ने र भबिष्यमा सुयोग्य नागरिक बनाउनमा थियो । मैले मेरो शौखको घाँटी निमोठ्न सकिन र यसमा अनुकल्पले पनि त्यति धेरै बिमती देखाएन ।
हाम्रो प्रेमको मनोरम दिनहरुमा नै अनुकल्प अफिसको कामले केहि समयको लागि बिदेश गयो । ऊ गइसकेपछि मलाई खल्लो अनुभव भयो ।
फेसबूक च्याटमा हाम्रो हरेक दिन कुरा भइरहंदा पनि खल्लो खल्लो, केहि हराए जस्तो, कस्तो कस्तो मन अशान्त र बेचैन भइरहयो । माया भन्ने कुरा नै यस्तो रहेछ – टाढा हुँदा झन बढि संझना आउने । उसो त मन परेको आफ्नो मान्छेसित टाढिन को चाहन्छ र ?
एक दिन च्याटमा अनुले भन्यो “तिम्रो मोबाइलको बेब एस एम एसको पासवर्ड दिन्छौ ? म हरेक साझ घर फर्केपछि सकुसल आइपुगेको खबर एस एम एसबाट दिन्छु”
मैले किन नाइ भन्थे र पासबर्ड दिएँ । उसले त्यो प्रयोग गर्र्यो कि गरेन त्यो पनि मलाई थाहा भएन ।
त्यसको भोलिपल्ट मैले पनि एस एम एस पठाउनु पर्ने थियो र निशुल्क बेब एस एम एस नै प्रयोग गर्ने निधो गरि कमप्युटरमा बसें । दिनको १० एस एम एस मात्र पठाउन पाइने भएकोले मैले अनुले कति एस एम एस युज गरेछ भनेर चेक गर्न सेन्ट मेसेज बक्समा हेरे, त्यहाँ मैले उस्ले कसलाइ के एस एम एस लेख्यो भनेर चियो गरेको पटक्कै थिइनं । म एस एम एस गन्न थाले । उस्ले जम्मा ७ एस एम एस पठाएको रहेछ ।
अझै बाकी रहेछ भनेर म दङ्ग परेको बेला अनायासै एउटा एस एम एसमा आँखा पुग्यो ।
त्यो एसएमएस उसले हिन्दिमा लेखेको रहेछ – “हाइ फ्रम युके, कहो कैसे हो ? लौट आते हि मे सबसे पेहेले तुम्हे मिलुंगा … मेरे प्यार ! कहो तुम कैसे हो ? मिस यु अ लट”
कोही अरूलाई लेखेको यो एसएमएस देखेर मेरा हात खुट्टा अनि पुरै शरिर थर्रर्र काप्न थाल्यो । के गरु कसो गरु सारा संसार फनफनि घुमे झै भयो ।
मैले यती धेरै बिश्वास गरेको मेरो प्रेम अरु कसैको पनि ? अनुकल्पको यो रुप ?
धेरै बेरपछि आफुले आफैलाई थुम्थुम्याए र अलिकति शान्तिको सास फेरें । आखिर मैले पनि त मेरो पतिसँग बाडेको छु मेरो प्रेम, र पत्नी त उस्की पनि त छ नि । तर उसले आफ्नी पत्निलाई गरेको प्रेममा त मलाई कहिले इर्ष्या भएन यो “मेरे प्यार” प्रति चाहिं किन इर्ष्या भइरहेछ ? किन सूर्यमा ग्रहण लागे जस्तो भइरहेछ ?
त्यो उत्साह, त्यो उमङ ती रङिन पलहरु कति सजिलै क्षणभरमा बिलिन भए । तर फेरि ` सोचें उसले मलाइ गरे जस्तै अरु कसैलाई पनि माया गर्यो, यसमा यस्तो डाहा छटपटी किन ? जलन किन ? मैले उसलाई माया गर्ने हो बस् उसले जे सुकै गरोस् । कसैलाई माया गरिन्छ आफ्नै लागि, उसलाई माया गर्दा मलाई आनन्द आउँछ र पो गर्छु, उस्ले अरु जोसुकैलाई गरोस्, फेरि मलाई माया गर्न छोडेको पनि त छैन नि । त्यसो भए किन डाहा ? के को जलन ?
अनि रिफ्रेस हुने कोशिसमा अन्तमा मैले मनमनै एउटा प्रण गरे ” होइन मैले केवल मेरो अनुकल्पलाई माया गर्नु पर्छ, कसैलाई उसले गरेको प्रेममा जल्नु हुन्न । उसलाईसधै यसैगरि माया गरिरहन सकु ।”
… र अनि मैले वेब एसएमएसको आफ्नो पासवर्ड चेन्ज गर्नेतिर सोच्न थालें ।
वासिंङटन डीसी, अमेरिका, १७ जनवरी

Post a Comment