पिपलबोटे कान्छीको पेटिकोट -लघुकथा

गाउँलेहरू अचम्ममा परे । ऊनिहरू एक अर्कामा मुखामुख गर्न थाले ।
अरू वेलाको जस्तै समाज पक्ष विपक्षमा विभाजित भयो ।
पिपलबोटे कान्छी पक्षकाले बरबोटे साइलीलाई दन्ड गर्नै पर्ने भनेर ठूल्ठूलो आवाजमा बहस गर्न थालेपछि बरबोटे साइली पक्षकाले भने - अरूलाई त्यसै आरोप लगाउन पाइन्छ ? कसरी देखाउँछे बरबोटे साइलीले आफ्नो गुप्तांग आफै ? लाज लाग्दैन त्यसो गर्न ? नहुने कुरा गर्नुहुन्छ ? तपाई देखाउन सक्नुहुन्छ ? कसरी देखाइ ल भन्नुहोस् त ? कसरी देखाई ?
विपक्षीले कसरी देखाई कि कसरी देखाई भने पछि पिपलबोटे कान्छीको रिसले पारो तातेर आयो । अब कसरी देखाई भन्नु ? एकछिन संकोच मानी तर विपक्षीले कसरी देखाई भनेर निरन्तर प्रश्न गरिरहे पछि ऊसको दिमागले ठाऊँ छोड्यो । ऊ बरबोटे साइलीले उसलाई गुप्तांग देखाएको दृष्यमा पुगी । त्यसपछि पिपलबोटे कान्छीले सारा समाजको अघि ठीक बरबोटे साइलीले उसलाई देखाए जसरी नै आफ्नो पेटिकोट माथी सारेर यी यसरी देखाई मलाई भनेर उदाहरण प्रस्तुत गरी । सारा समाजले मुन्टो निहुर्यायो । लाजले सबैले आँखा छोपे ।
त्यसपछि गाउँको ठूलोबडो मान्छेले पिपलबोटे कान्छीलाई हकार्दै भन्यो - 'तँलाई छौंडा, उसले त तँलाई मात्र देखाई होला । तर तैंले त सारा गाऊँलेलाई देखाइस् । कारबाही उस्लाई होइन तँलाई हुन्छ अब ।'
यसरी पिपलबोटे कान्छीले आफूले बोलाएको समाजबाट आफै लज्जित र दण्डित हुनुपर्यो ।

Post a Comment