तिम्रो तस्बिर

आजकल हरदम हरक्षण,
तिम्रै तस्बिर हेरिरहेछु
तिमी बिनाका यी पलहरु
फिका र खल्लो भोगिरहेछू
जोडि उडेका ढुकुर पनि
बिजोडि झै देखिरहेछु
आँशुलाई लुकाएर हासोमा विलीन तिम्रा नयनहरु ,
पातहरुमा शीत टल्पलाए झैँ
टलपल टलपल आँशुहरु
म प्रष्ट देखि रहेछु तिम्रा आखाहरुमामलाई थाहा छ,
गजबको यो खुबी,
मात्र तिम्रो हुन सक्छ,
आँशु लुकाएर मुस्कुराउने,
रोएर पनि हसाउने ,
मेरा मनले भनि रहेछ
कति महान छौ तिमी,
आजकल म तिमी भित्र,
नारी हुनुको अर्थबोध गर्दैछु
भन्छन नारी पृथ्वी हो,
प्रमाण तिमीमा भेटि रहेछु,
लाग्छ तिमि समुद्र हौ
प्रेमिल प्यास म मेटाइ रहेछु
तिम्रो मन जस्तै तनको पनि,
म एक एक गरि तारिफ गर्छु
हो प्रिय
तिम्रो सौन्दर्यमा सालिनता,
स्वरहरुमा कामुकताको मीठास अनि
तपस्वीको ध्यान भङ्ग गर्ने,
उत्कृष्ट मादक स्पर्स र
कामिनी झैँ लाग्ने तिम्रा नयनहरुले
हर कोहि भित्र पनि
दृष्टि दोष जगाइ दिन्छ,
रमणीय समुद्री छालहरुमा तिमीलाई देख्नेहरु,
अन्तर मन र कल्पनाका लुकामरि खेलमा
छालले जस्तै अङ्कमाल गर्दा हुन ,
तिम्रो फक्रदो जवानी हेर्दा
आधुनिक किन्नारिहरु समेत फिक्का पर्दाहुन
अनि अनि ……यसरी नै आजकल म
तिमी बिनाका क्षणहरुमा,
तिम्रा तस्बिर नियालिरहेछु ,
र झुटो आश्वासन दिदै
आफुलाइ तिम्रो समीपमा रत्याइ रहेछू
फक्रेको फूल झैँ ढकमक्क तिम्रो जवानी
फेरी एकपटक फर्केको अनुभुत गर्दै
सात समुद्रा पारि बसेर
म तिम्रो तस्बिर नियालिरहेछु

No comments